शनिबार, बैशाख ८, २०८१

कांग्रेसको आसन्न १४ औं महाधिवेशन : मुलुकको ७७ मध्ये ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक

काठमाडौं भाद्र ११,
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत आगामी भाद्र १८ गतेबाट शुरु हुने वडा अधिवेशन लगायतका सवै तह र तप्काका अधिवेशन प्रयोजनार्थ मुलकको ७७ जिल्ला मध्ये   प्रदेश न १ का १२ जिल्ला, वाग्मती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका १० जिल्ला ,प्रदेश न ५ का ८ जिल्ला , प्रदेश न ६ का ८ जिल्ला, प्रदेश न ७ का ६ जिल्ला  गरि ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुको अलावा सदस्यता सूची निर्वाचन समितिका संयोजक महादेव यादवलाइ बुझाइएको जनाएको छ ।

साथै काँग्रेस मुख्यालयले जारी गरेकोविज्ञप्तिमा  क्रियाशील सदस्यताको सूची सार्वजनिक भएका ४८ जिल्लामा निर्वाचन अधिकृत खटाउने कामसमेत शुरु भइसकेको जनाउदै सदस्यता सार्वजनिक भएको जिल्लाहरु क्रमस १  ताप्लेजुङ २ पाँचथर ३ इलाम ४ संखुवासभा ५ तेह्रथुम ६ खोटाङ ७ सोलुखुम्बु ८ ओखलढुंगा ९ उदयपुर १० झापा ११ दोलखा १२रामेछाप १३ सिन्धुली १४  भक्तपुर १५  गोरखा १६  लम्जुङ १७  तनहुँ १८  कास्की १९  मनाङ २०  मुस्ताङ २१  पर्वत २२  स्याङ्जा २३ म्याग्दी २४ नवलपुर [वर्दघाट सुस्तापूर्व] २५ नवलपरासी [वर्दघाट सुस्ता पश्चिम] २६  रुपन्देही २७  पाल्पा २८  रुकुम [पूर्वी भाग] २९  रोल्पा ३०  रुकुम [पश्चिम भाग] ३१  जुम्ला ३२ मुगु ३३ हुम्ला ३४  बझाङ ३५  डोटी ३६  दार्चुला ३७  बैतडी ३८  कञ्चनपुर रहेका छन ।

त्यस्तै वाँकी जिल्लाहरुमा  ३९ धनकुटा ४०  भोजपुर ४१  गुल्मी ४२  प्यूठान ४३  दाङ ४४  सल्यान ४५  कालिकोट ४६  जाजरकोट ४७  दैलेख ४८ अछाम रहेको जनाएको छ। बाँकी २९ जिल्लाको सदस्यता सूची पनि छिटै सार्वजनिक हुने काँग्रेसले जनाएको छ।

पछिल्लो पटक नेपाली काँग्रेस १४ औं महाधिवेशनको सार्वजनिक कार्यतालिका अन्तर्गत गाउँ/नगर वडाअधिवेशन यही भाद्र  १८ गते, गाउँ/नगरपालिका अधिवेशन भाद्र  २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।