शुक्रबार, चैत्र १६, २०८०

बुधबार, विहीबार देशभर भारी वर्षाको संभावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं भाद्र ६ ,
मौसम पूर्वानुमान महाशाखाले बढ्दो मनसुनी प्रणाली सक्रियता संगै आगामी बुधबार विहीबार भारी वर्षाको संभावना औल्याएको छ। महाशखाका अनुसार मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा औल्याउँदै सो दिन उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

त्यस्तै पहिछल्लो समय केही दिनदेखि स्थानीय वायूको बढ्दो सक्रियता बढेसंगै खण्डबृष्टि हुँदै आएको जाउदै यो क्रम मंगलबार रातीसम्म कायम रहने र त्यसपछि मनसुनी वायु न्यूनचापीय रेखका कारण यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जनाएको छ । साथै यो क्रम असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अवका दिनमा दिनानुदिन भारी वर्ष हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।