शुक्रबार, चैत्र १६, २०८०

भ्यास सेवाको नाममा ग्राहक ठग्ने एनसेल विरुद्ध प्राधिकरणले गर्यो यस्तो निर्णय

काठमाडौं भाद्र ५ ,
नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई एक अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको हो । साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार प्राधिकरणले एनसेललाई तोकेको क्षतिपूर्ति कम्पनीले सम्बन्धित ग्राहकलाई नै उनीहरूको मोबाइलमा फिर्ता गर्नुपर्ने र सोको विवरण मासिक रुपमा प्राधिकरणमा बुझाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै एनसेलमोवाइल प्रयोगकर्ताले मोबाइलबाट आफैँ ब्यालेन्स घट्ने गरेको उजुरी परेसंगै सोको जाँच बुझका लागि प्राधिकरणले निरीक्षण तथा जाँचबुझ टोली गठन गर्दै प्राप्त उजुरीको विस्तृत अध्ययन गरेको हो । त्यसक्रममा अध्ययन कार्यदलले एनसेलले ३ दिने भ्यास सेवा र साप्ताहिक रूपमा आफैँ नवीकरण हुनेगरी प्याक सञ्चालन सेवामार्फत ११ करोड ३७ लाख रुपियाँ आर्जन गरेको पाइएसंगै प्राधिकरणले यसकिसिमको कारवाही गरेको हो । यसबाहेक प्राधिकरणले सञ्चालित यसकिसिमका सवै सेवा बन्द गर्न समेत निर्देशन दिएको छ ।