शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णय

काठमाडौं भाद्र ३,
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय संगै डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठक पछि सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार यही भाद्र ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरी स्वीकृत गरेको समेत उहाँले दिनुभएको छ।

\त्यस्तै मन्त्रिपरिषदको बैठकले वाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न सिफारिस गरेको समाचार स्रोतले् जनाएके छ । मुलुकमा प्रम देउवा नेतृत्वको गठबन्धन सरकार बने यता गण्डकी, लुम्बिनी र प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख नियुक्त भइसको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु