बुधबार, बैशाख १२, २०८१

४ हजार ९०४ जनामा कोभिड संक्रमण, ३५ को मृत्यु

काठमाडौं साउन २६,
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा पीसीआर परीक्षणको क्रमम ३ हजार १९४ जनामा र ५ हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएसंगै ४ हजार ९०४ जनामा कोभिड संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोभिड सङ्क्रमित निको भएको जानकारीदिएको छ भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको जनाएको छ । नेपालम कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या दश हजार १५० पुगेको छ। त्यस्तै नेपालमा अहिले सक्रिय संक्रमितहरु ३७ हजार ३३२ रहेको समेत मन्त्रालयले जनाएको छ।