शुक्रबार, बैशाख ७, २०८१

आजबाट अनिवार्य मास्क अभियान शुरु, स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा प्रम देउवाको आह्वान

काठमाडौ साउन २३ ,
महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धताः मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शुरु गरिएको छ । पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमबाट बच्चने एक महत्वपूर्ण तथा प्रभावकारी उपाय भनेको नै मास्क नै भएका कारण आजबाट  अनिवार्य मास्क लगाउ  भन्ने सन्देश प्रवाहको लागि मास्क अभियान शुरु गरिएको हो ।

अभियानको शुरुवाती क्रममा भिडियो सन्देशमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक्लो प्रयासले मात्र कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएको भन्दै सबैको साझा प्रयासले मात्र कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले पछिल्लो समय बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै तेस्रो लहरको लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्नेमा जोड दिनुभएके छ। साथै उहाँले यसको लागि भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

त्यस्तैअनावश्यक बाहिर निस्कने काम नर्गन र यदि निस्कनुनै पर्नेभए नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्नुहुँदै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो ।

त्यस्ते अभियानको क्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गर्दै मास्कको सही प्रयोगले सङ्क्रमणबाट जोगिन सक्ने बताउद्यै उहाँले सङ्क्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु