मङ्लबार, बैशाख ४, २०८१

४० वर्षमाथिका र विद्यार्थीलाइ शुक्रबारदेखि कोभिड विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइने

काठमाडौं भाद्र ३,
काठमाडौं उपत्यकामा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

स्वास्थ्य मत्रालय अन्र्तगत सेवा विभागको निर्णयअनुसार भाद्र ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने भएको हो ।

यसैगरी काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ ।

साथै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लिएका नागरिकहरुलाइ भने दोस्रो मात्रा भाद्र ९ गतेबाट भाद्र ११ गतेसम्म  लगाइने तयारी भएको बुझिएको छ।