बिहिबार, बैशाख १३, २०८१

२ हजार ५२५ जनामा कोभिड संक्रमण, ३५ को मृत्यु

काठमाडौ भाद्र ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९०९ पीसीआर परीक्षणको क्रममा २ हजार २० जनामा र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षणको क्रममा ५०५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा २ हजार ८६ जना कोभिड सङ्क्रमित उपचार पछि डिस्चार्ज भएसंगै कोभिड सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख दुई हजार ८६ जना पुगेको जानकारी दिएको छ भने सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु भएको र योसँगै संक्रमित मृतकको सख्या १० हजार ५६८ पुगेको जनाएको छ।