शुक्रबार, चैत्र १६, २०८०

२ करोड मूल्य बराबरको डेट एक्सपायर कस्मेटिक्स आइटम बिक्री गर्ने अग्रवाल र गजुर पक्राउ

काठमाडौं साउन १८,
महानगरीय अपराध महाशाखाले म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ छाउनी बस्ने पर्सा वीरगंज महानगरपालिका९१३ घर भएका ३१ वर्षीय अबिनाष अग्रवाल र काठमाडौं महानगरपालिका९१५ सानो भर्‍याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महाबिर गजुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको भन्ने जानकारी प्राप्त भएलगत्तै महाशाखाले आवश्यक अनुसन्धान गर्ने क्रममा उनिहरुलाइ पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका९१५ सानो भर्‍याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका९२२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान बरामद गरेको जनाउदै थप अनुसन्धानको तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।