शनिबार, बैशाख ८, २०८१

१ हजार ९२० जनामा कोभिड संक्रमण पुष्टि, २४ को मृत्यु

उपत्यकामा थपिए ५६६ संक्रमित

काठमाडौं भाद्र ६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९२० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले कुल संक्रमितमध्ये ३८ हजार ७५१ मा सक्रिय संक्रमित रहेको वितेको २४ घण्टामा २ हजार २४८ जना संक्रमित निको भएको जनाउनुको अलावा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको जनाएको छ। आज पुष्टि भएका मृतकको सख्या संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको समेत मन्त्रालयले जनाएको छ।

त्यस्तै गरि आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंका सबैभन्दा बढी ३९५ जना रहेका छन्। यसैगरी ललितपुरमा ११० र भक्तपुरमा ६१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। साथै ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा उपचार भइरहेको  समेत मन्त्रालयले जनाएको छ।