बिहिबार, बैशाख १३, २०८१

१ हजार ६६४ जनामा कोभिड संक्रमण , २० संक्रमितको मृत्यु

काठमाडौँ भाद्र १५ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाम ९ हजार ११७ जनाको पिअिसार परीक्षणको क्रममा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टीजेन परीक्षणको क्रममा १४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वितेको २४ घण्टामा पिसिआर र एन्टीजेन गरि १२ हजार २२२ जनामा कोभिड परीक्षण गरिएको हो ।त्यस्तै यसवीचमा देशभरबाट एक हजार ७८६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारििदनुको अलावा २० जना संक्रमितको मृत्यु भएको जनाएको छ ।

साथै कुल संक्रमित मध्ये देशभर ३५ हजार ५९१ जनामा सक्रिय संक्रमण रहेको जनाउदै यसमध्ये ५३७ जनाको आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानकारी मन्त्रालयले दिएको छ।