बुधबार, बैशाख १२, २०८१

सोमबारदेखि १४४ खोप केन्द्र मार्फत १३ लाख बढि ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने

अनलाइन प्रणालीमा विवरण इन्ट्री नगराएकालाई खोप दिए कारबाही गरिने

काठमाडौ साउन २४,
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोभिड भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई साउन २५ गते सोमबारदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंका १४४ खोप केन्द्र मार्फत सञ्चालन हुने उक्त खोप अभियानका लागि भूटान र जापानबाट ल्याइएको खोपको प्रयोग गरिने जनाउदै जारी सूचनामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिइने जनाएकोछ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी समेत दिएको छ ।