मङ्लबार, बैशाख ११, २०८१

सामाजीक विसंगति विरुद्ध आवाज बुलन्द गर्ने सह–संयोजक घिमिरेको प्रतिवद्धता

काठमाडौं साउन २८,
नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् । नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार घिमिरेलाइ विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो ।

पूर्वमन्त्री एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका   सह– संयोजक घिमिरेले आफुलाइ प्राप्त जिम्मेवारी अनुरुप तरुण विभाग बागमती प्रदेशलाई अझै गतिशील तुल्याई युवाको हितका लागि उल्लेख्य काम गर्ने बताएका छन् ।

त्यस्तै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याइने, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तथा उद्यमशील बनाउन विभिन्न शिपमुलक तामिलको व्यवस्था गर्न पहलकद्मी लिने बताउदै समाजीक विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाजको समूचित विकासका लागि लागि पर्ने संकल्प समेत सह–संयोजकमा घिमिरेले गरका छन ।