बिहिबार, बैशाख १३, २०८१

विश्व बैंकको वित्तीय सहयोगमा मोडर्नाको ४० लाखमात्रा खोपआउँदै

काठमाडौं साउन २९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको जनाएकोछ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मोर्डनाको ४० लाख डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले यसअघिनै निर्णय गरिसकेको जानकारीदिन भएकोछ ।

त्यस्तै मन्त्रालयले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि सम्झौता गर्नेसूचीमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश बनेको र सम्झौत मुताविक ‘२०२२ को मार्चदेखि खोप आउने जनाएकोछ । जारी विज्ञप्तिमार्फत जनाएको छ ।