शनिबार, बैशाख ८, २०८१

विद्यालय शिक्षा प्रवर्तक सम्मान ग्रहण गर्दै महानगर प्रमुख शाक्यले भने- आशा रोकियो भने विकास पनि रोकिन्छ ।

काठमाडौं भाद्र ६,

सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाजले काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाइ विद्यालय शिक्षा प्रवर्तक सम्मानबाट सम्मानित गरिएको छ। सम्मान पत्रमा महानगरले विद्यालयहरुको भौतिक, वातावरणीय र शैक्षिक सुधारका लागि गरिएका प्रयाससंगै स्थानीय भाषाका रुपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रुपमा अभिनन्दन गरिएको उल्लेख छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि महानगरले गर्दै लगानीले निश्चित समयपछि यसबाट प्रतिफल आउने बताउनुभएकोछ ।

त्यस्तै आशा रोकियो भने विकास पनि रोकिन्छ । अहिले कामको थालनी भएको छ । यसलाई विस्तार गर्दै जानुपर्छ भन्नेमा सबैको सोच हुनुपर्नेमा जोड दिदै प्रमुख शाक्यले ‘अरुको आलोचनामा समय खर्च गर्नुभन्दा आफ्नो स्तर सुधार गर्नमा समय खर्चन आग्रह समेत गर्नुभयो ।महानगरका सामुदायिक विद्यालयको स्तर सुधार भएर संस्थागत विद्यालयसँग तुलना गर्ने होइन, त्योभन्दा माथिको अवस्थामा पुग्ने बताउनुभयो ।

उपप्रमुख खड्गी श्रेष्ठ,वडा १२ का अध्यक्ष विकास डंगोल सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठ शिक्षा अधिकृत मोतीराज खनाल, समाजका अध्यक्ष एवं प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ, ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जन, विश्व निकेतम माविका प्रमुख हेरम्बराज कँडेल, भक्त विद्याश्रम माविका प्रधानाध्यापक सुदर्शन कट्टेल, सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जनसहितका वक्ताले महानगरले विद्यालय शिक्षाका लागि गरेको लगानीबाट आफूहरुले शैक्षिक सुधारका लागि संरक्षण प्रदान महसुस भएको धारणा राख्नुभएको थियो ।