शुक्रबार, चैत्र १६, २०८०

वितेको २४ घण्टामा ३ हजार ४६० जनामा सङ्क्रमण पुष्टि, ३२ को मृत्यु

काठमाडौं साउन २८,
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा दश हजार ८०६ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा २ हजार ४७३ जनामा र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ७८७ जना गरि कुल ३ हजार ४६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यसवीचमा २ हजार २९४ जना सङ्क्रमित निको भएको जनाउनुको अलावा सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको र यो मृतकको सख्या १० हजार २१२ पुगेको जनाएको छ ।