शनिबार, बैशाख ८, २०८१

लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत ,नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान

काठमाडौं साउन २७,
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेलगत्तै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेस गर्न आह्वान समेत गर्नुभएको छ ।
लुम्विनी प्रदेश प्रमुखको कार्यालयले जारी सूचनामा नयाँ मुख्यमन्त्रीका लागि विहिबार अपरान्ह ३ बजेभित्र दावी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलहरुलाई आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ।

स्मरण  रहोस  यसअघि नै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पछिल्लो समय तेस्रो पटक काँग्रेस, माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आगामी आज बस्ने गरि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । तर छलफल अघिनै मुख्यमन्त्री पोखरेलले राजीनामा   दिएको हो ।