शुक्रबार, चैत्र १६, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाइ विश्वासको मत

  विपक्षी दल एमालेद्दारा बैठक बहिस्कार

काठमाडौं भाद्र ७ ,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ ।

त्यस्तै एक मत भने तटस्थ देखिएको छ । प्रदेशसभाका ८० सांसदमध्ये ४३ जनाले मतदान गरेको जानकारी दिदै सभामुख पूर्णबहादुर घर्तीले त्यसलगत्तै मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको   हो ।

प्राप्तजानकारी अनुसार माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो ।