बिहिबार, चैत्र १५, २०८०

लचक व्यवस्था सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदै सरकार

एमालेलाइ फुटाउनकै लागि ल्याउन लागेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश किमार्थ अस्वीकार्य :ओली

काठमाडौं भाद्र १ ,

काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश कार्यान्वयनमा ल्याउने भएको छ । सत्तारूढ गठबन्धनका एक शीर्ष नेताका अनुसार सोमवार प्रस्तुत अध्यादेश ल्याउन सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्दै  अध्यादेश कार्यान्वयनको अवधारणा बनाएको हो ।

 समाचार स्रोतका अनुसार आज बसेको मन्त्रीपरिषदको बैठकले सरकारले ल्याउन लागेको उक्त अध्यादेशमा दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिने व्यवस्थालाइ परिवर्तन गर्दै केन्द्रीय समिति वा संसदीय समितिका २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान कायम गर्दै नितीगत रुपमा पास गरिएको थाहा भएको छ।  त्यस्तै मप बैठक सकेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा अध्यादेश प्रमाणिकरण्का लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको बुझिएको छ । देउवा नेतृत्वको सरकारले पनि पूर्वती केपी ओली सरकारको मार्ग पहिल्याउदै चालेको प्रस्तुत कदमको सर्वत्र आलोचना शुरु भइसकेको छ ।

यसैवीच एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाइ फुटाउनकै लागि सरकारले लचक व्यवस्था सहित ल्याउ लागेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश किमार्थ मान्य नहुने बताएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकमा ओलीले यस्तो अभिव्यक्ति दिएको हो । त्यस्तै संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी ल्याउन खोजेको अध्यादेश विरोध गर्ने निर्णय समेत एमाले बैठकले गरेको छ ।