बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौं भाद्र २ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगननाथ पन्तले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको उल्लेख गरिएको छ।

जारी अध्यादेशमा राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने मौजुदा व्यवस्थालाइ संशोधन गर्दै ल्याइएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।