शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिको संवैधानिक दायित्व भएकै कारण राजनीतिक दलसम्बन्धी अध्यादेश आजै जारी हुने

राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने प्रतिपक्षीदल एमालेको चेतावनी

काठमाडौं भाद्र २ ,
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था सहितको राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रमुख प्रतिपक्षीदल एमालेले प्रतिवाद गर्ने चेतावनी दिएको छ।

आफ्नो पार्टीमा विवाद उत्कर्षमा रहेको मौका छोप्दै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याइएको अध्यक्ष केपी ओली पक्षको ठम्याइ रहेको छ।

स्मरणीय पक्ष त हिजोका दिनमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रस्तुत अध्यादेश जारी गर्दै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्नुभएको थियो । तर मंगलबार नै प्रम देउवाले राष्ट्रपतिसमक्ष प्रस्तुत गरिसेकोको प्रस्तुत अध्यादेश कार्यव्यस्तताको कारण देखाउँदै मंगलवार जारी नभएपनि आज जारी हुने प्रवल संभावना रहेको समाचार स्रोतले जनाएको छ।

त्यस्तै संसद अधिवेशन हठात् अन्त्य गरी सरकारले पुर्वती ओली सरकारकै मार्ग ​अवलम्वन गर्दै ल्याएकोअध्यादेशको गठबन्धन सरकार आवद्ध जसपाका नेता बाबुराम भट्टराई समेतले अध्यादेशको मार्ग पहिल्याउँनु शुभ संकेत नभएको भन्दै विरोध गरिसकेका छन भने सत्ता पक्षका कैयन नेताहरुले पनि उक्त अध्यादेश विरुद्ध आवाज बुलन्द गर्न थालिसेको छ ।यसवीचमा सर्वत्र विरोधका वाजुद पनि ‘सरकारले ल्याएको अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएपनि अध्यादेशको विरोध भइरहेकाले राष्ट्रपतिले यसलाई जारी गछ या गर्दिैन त्यो भने प्रतिक्षाको विषय भएको छ ।