बुधबार, बैशाख १२, २०८१

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ

काठमाडौं साउन ३१,
यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका-२ घर भएका ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २७ वर्षीय दिपक थापामगर, काभ्रे पाँचखाल नगरपालिका-१२ घर भएका २७ वर्षीय बिशाल लामा, काभ्रे तिमाल गाउँपालिका-४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ घर भएका २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद ईसाक रहेका छन् ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका दिपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका-६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटि फरार रहेको प्रहरीले जनाएको छ ।