शुक्रबार, चैत्र १६, २०८०

मुख्यमन्त्री शाक्यको अभिनन्दन सहित नेवा: प्रेस काउन्सिल गठनको माग

बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रुपमा मान्यता दिन माग

काठमाडौं भाद्र ५ ,
नेवा:  पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना सहित पहिलो महिला मुख्यमत्री बन्न सफल हुनुभएको अभिनन्दन गरिएकोछ ।  आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिन्नदन पत्र हस्तान्तरण गर्नुभएको हो ।

त्यस क्रममा अध्यक्ष सिंले  मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवार समुदायकासञ्चारकर्मी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको जानकारी दिदै नेवार समुदायका पत्रकारको विकासका लागि प्रदेशस्तीय नेवा स् प्रेस काउन्सिल गठन गर्नुपर्ने आवश्यकता  सहितको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्ते यसकिसिमको काउन्सिलबाट नेवा पत्रकारहरुको सिप विकास, तालिमका साथै नेवा: मिडियाको नियमनमा  सहज हुने बताउदै बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रुपमा मान्यता दिन समेत माग गर्नुभएको छ।

यस्तै, दबु येँ जिल्लाले नेपालभाषा सहित अन्य आदिवासी जनजातीको भाषाबाट संचालित मिडियाहरुलाई प्रदेश सरकारले अनुदान दिएर स्थानीय भाषाको माध्यमबाट हुने संचारलाई थप विस्तार गर्न नेवा:  सम्पदा र सभ्यताको जगेर्णाका लागि परेका नेवा पत्रकारहरुको सिप र दक्षता विकासका लागि अक्षकोष स्थापना गर्न र महानगरपालिमा नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेको भन्दै दबुले प्रदेशका अन्य जिल्लामा पनि त्यहाँको स्थानीय भाषामा पठनपाठन हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउँदै स्वनिगमा कक्षा ९ देखि १२ सम्म नेपाल भाषा पनि पठनपाठन हुने व्यवस्था गर्न माग गरेको छ।

दबुको पत्र बुझ्दै मुख्यमन्त्री शाक्यले संचार क्षेत्रको स्थान महत्वपूर्ण हुने भन्दै मातृभाषाको पत्रकारिता विकासका लागि पनि प्रदेश सरकारले जोड दिने बताउदै दबुको तर्फबाट प्रस्तुत माग र सुझावबारे अध्ययन गरेर निर्णय लिने बताइन्।