शनिबार, बैशाख ८, २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : पुस ११ गते देखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव

काठमाडौं साउन ३० ,
नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीको स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेलगत्तै पुस ११ देखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले बैठकमा उक्त प्रस्ताव गर्नुभकको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै उहँँले आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै भाद्र मसान्तभित्र देशभर पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्ने गर्ने योजना समेत तय गरेको र त्यसपछि देशभरका सबै वडामा एकै दिन वडा र गाउँ सम्पन्नन गर्दै कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी भएको कार्ययोजना तय गरेको बताउनुभयो ।

त्यस्ते प्रस्तावकै प्रारुपमा ७७ वटै जिल्लाको सम्मेलन प्रदेशको अधिवेशन सम्पन्न गर्दै माओ दिवसको अवसर पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।