शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद बैठक : सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू

काठमाडौं साउन २५,
आज बसेको काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको सरकारको मप बैकले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

प्रस्तुत निर्णय अनुसार निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय ममिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारीदिनुभयो ।

त्यस्तै बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने र नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अ प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरेको छ।

त्यस्तै हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु