बिहिबार, बैशाख १३, २०८१

मनसुनी वायुको बढ्दो सक्रियता, देशभर आगामी शुक्रबारसम्म मेघ गर्जन सहित वर्षाको संभावना

काठमाडौं भाद्र ७ ,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको बढ्दो सक्रियतासंगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ बाग्मती, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाउदै यो क्रम अझै एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षाको संभावना रहेको जनाएको छ।

त्यस्तै महाशाखाले आज जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान अनुसार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ÷चट्याङ र भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएके छ ।

त्यस्तै मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

भदौ ९ गते बुधबार पनि देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा   मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना औल्याएको छ ।