शनिबार, बैशाख ८, २०८१

भाद्र २० गतेदेखि सवारी चालकअनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुँने

काठमाडौं भाद्र १४ ,
यातायत व्यवस्था विभागले आगामी भाद्र २० गतेदेखि काठमाडौंका २ वटा विभाग मातहतका कार्यालयबाट सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा पुन सुरु गर्ने भएका छन् । बढ्दो कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द गरिएको थियो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड अनुरुप नयाँ प्रणालीबाट परीक्षा सञ्चालन गर्ने गरि भाद्र २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

त्यस्तै प्रवक्ता भुसाले परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था सहित एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने जनाएको छ ।