बिहिबार, चैत्र १५, २०८०

भाद्र ११ गते देखि ३ दिनसम्म २ लाख १६ हजार नागरिकलाइ भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौं भाद्र ९,
काठमाडौं महानगर पालिका अन्र्तगत ३२ वटै वडामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाइ भाद्र ११ गतेदेखि दोस्रो डोज खोप दिने भएको छ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भाद्र ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका सार्वजनिक गरेपनि कारणवस फेरि भाद्र ११ गतेको मिति तय गरेको हो । भाद्र ११ गतेदेखि ३ दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकलाइ भेरोसेलको दोस्रो डोज दिइने जनाउदै स्वास्थ्य सेवा  विभागले  दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर आआफ्नो वडा कार्यालयमा जान आग्रह समेत गर्नुभएको छ ।