मङ्लबार, बैशाख ४, २०८१

बागमती प्रदेशका प्रदेश प्रमुख प्रसाईको पदमुक्तिसंगै नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौ भाद्र ४ ,

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा शर्मालाए बागमती प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघिको राष्ट्रपति भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्री देयवाको सिफारिसमा संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड [ख] बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख श्री बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको हो ।

त्यस्ते नव नियुक्त प्रदेश प्रमुख शर्माले आजै संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।