शुक्रबार, बैशाख १४, २०८१

बढ्दो मनसुनको सक्रियता: देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं साउन ३० ,
नेपालमा पछिल्ले समय मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको यसको सक्रियता बढ्दो रहेका कारण काठमाडौ सहित देशका विभिन्न भागमा अझै एकाघ दिन पानी पर्ने सम्भावना रहेको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज देशका धेरैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउदै यसवीचमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाउदै जल तथा मौसम विज्ञान विभागले नदीहरूमा बहाव सामान्य घटबढ हुन सक्ने संभावा औल्याउँदै सबैमा सतर्कता अपााउँन आग्रह गरेको छ।