शनिबार, बैशाख ८, २०८१

बढदो संक्रमणका कारण कक्षा १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन

काठमाडौं  साउन २३ ,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
यसअघि पनि बढ्दो कोभिड संक्रमणका कारण स्थगन गरिएको कक्षा १२ को परीक्षा पछिल्लो समय आगामी साउन ३१ गतेदेखि भाद्र ९ गतेसम्म सञ्चलन गर्ने गरि कार्यतालिका सार्वजनिक गरिएको थियो ।

तथापी यसवीचमा बढ्दो कोभिड संक्रमणकै कारण स्वास्थ्य मन्त्रालयबाट संक्रमण बढदो रहेको अवस्थामा परीक्षा स्थगन गर्नुको विकल्प नभएको डहर सहित गरिएको आग्रह अनुरुप कक्षा १२ को परीक्षा परिस्थिति अनुकूल भएसंगै पुनः परीक्षा सञ्चालनको सवालमा अर्को सूचना जारी नभएसम्मका लागि भन्दै परक्षिाा स्थगन गरिएको बोर्डले जाएकोछ ।