शुक्रबार, बैशाख १४, २०८१

प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त घिसिङले आजै पदबहाली गरे

काठमाडौं साउन २७,
आज भन्दा ११ महिना अघि सेवा निवृत हुनु भएका विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पुन सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेसंगै बुधबार दिउँसो उहाँले पदबहाली गर्नुभएको छ । नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आजै पदबहाली गर्नुभएको र उहाँलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

[आज भन्दा ११ महिना अघि सेवा निवृत हुँदै गर्दा ]

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहदै गर्दाको अवस्थामा मुलकमा हुने गरेको १८ घण्टे लोडसेडिङ अन्त्य गर्नुको अलावा वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा प्रतिथापन गरेका कारण उहाँप्रति सवैको लगाव रहेको छ । यसक्रममा प्राधिकरणले उहाँको कार्यकालको अन्तिम समयमा अर्थात आर्थिक वर्ष २०७६र७७ मा ११ अर्ब नाफा कमाएको प्राधिकरण स्रोतले जनाएको छ।