शनिबार, बैशाख ८, २०८१

प्रस्तावित दल दर्ताको सनाखतका लागि नेपाल र ठाकुर समूहका नेताहरु आयोगमा

काठमाडौ भाद्र ९,
निर्वाचन आयोगलले सनाखत सहित दल दर्ता प्रक्रियाको अन्तिम टुङ्गो लगाउन वोलाए अनुरुप प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहितका सांसद तथा केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेका छन

आयोगले आज ११ बजेदेखि २ बजेसम्मको समय दल दर्ता निवेदनमा नाम उल्लेख भएका नेताहरुलाइ भौतिकरुपमा उपस्थित गराउदै प्रस्तावित दलको सनाखत गराउने तयारी गरेको छ। ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ ।

यसैवीच प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सहितका ३१ जना नेताहरु निर्वाचन आयोग पुग्नुभएको हाम्रा सहकर्मीले जनाएको छ ।