शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आजबाट कार्यान्वयनमा

आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्न नपाइने

काठमाडौ साउन २८,
उपत्यकामा बढ्दो कोभिड– सङ्क्रमण जोखिम संगै पछिल्लो पटक आगामी भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञासंगै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएकोछ ।

बढ्दो संक्रमणको रफ्तारस।गै कोभिड–१९ को तेस्रो लहर आउनसक्ने संभावनालाइ दृष्टिगत गर्दै उपत्यकाको ३ जिल्लाका प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरेको हो । त्यस्तै पछिल्लो समय संक्रमणको रफ्तार बढेसंगै अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ ।

त्यस्तै प्रजिअहरुको संयुक्त बैठकले अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राख्दै यस किसिमको व्यवस्था गरिएको हो ।