बिहिबार, बैशाख ६, २०८१

नेता राइको राजीनामासंगै आचार्य दलको नेतामा चयन, मुख्यमन्त्रीको शपथ लिने तयारी

काठमाडौं भाद्र १०,
एमाले प्रदेश १ को संसदीय दलको बैठकले संसदीय लको नेतामा भीम आचार्यलाइ चयन गरेको छ । भएका छन् । संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएसंगै आचार्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।नेता आचार्य संसदीय दलको नेतामा चयनभएसंगै उनले मुख्यमन्त्रीको शपथ लिने तयारी समेत भएको छ ।

९२ सदस्यीय रहेको १ न प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना सांसद रहेका छन ।

यसअघि नेकपा एमाले विभाजनभएसंगै वाग्मती प्रदेशकी मुख्यमन्त्रीमा अष्टलक्ष्मी लाइ नियुक्त गरिएको थियो । स्मरण रहोस,  नव नियुक्त यी दुवै मुख्यमन्त्री यसअघि माधवकुमार नेपाल क्याम्प क्रियाशील रहेको थियो । तर पार्टी विभाजन पछि केपी ओली नेतृत्वको एमाले समूहले दुवैलाइ मुख्यमन्त्रीमा अवसर दिदै नेपाल क्याम्पबाट वाहिर निकालेका छन । बुधवार मात्र दल दर्ताको मान्यता प्राप्त गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट शाक्य र आचार्यलाई सहयोग हुन्छ कि असहयोग त्यो भने प्रतिक्षाको विषय भएको छ।