शनिबार, बैशाख ८, २०८१

नेता पौडेलको राजीनामा, दलको नयाँ नेतामा शाक्य

काठमाडौं भाद्र २ ,
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएसंगै हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई प्रदेश संसदीय दलको नेतामा सर्वसम्त चयन गरेको छ। प्रदेश संसदीय दलको नेतामा भएको हेरफेरसंगै शाक्यलाइ मुख्यमन्त्रीको जिम्म्वारी वहन गर्ने मार्ग समेत प्रसस्त भएको छ।

बाग्मती प्रदेशमा नेकपा एमालेको एकल बहुमत रहेको र संसदीय दलको नेता समेत परिवर्तन भएको अवस्था हेर्ने हो भने मुख्यमन्त्री समेत हेरफेर हुने प्राय निश्चित भएको छ। यसको लागि नेकपा एमालेलाइ ५५ सांसदको समर्थन आवश्यक पर्छ । १ सय १० सदस्यीय रहेको वाग्मती प्रदेशमा एमालेको एमालेका ५६ जना सांसद रहेको यसमध्ये सांसद पशुपति चौलागाईंको निधनसंगै एक सिट भने रिक्त रहेको छ ।