बिहिबार, बैशाख ६, २०८१

देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित,३३ को मृत्यु

२ हजार २१२ जनामा संक्रमण पुष्टि, १ हजार ८६७ जना संक्रमण मुक्त

काठमाडौं साउन ३१,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८८ पीसीआर परीक्षणको क्रममा १ हजार ७९३ जना ४ हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ४१९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले यसवीचमा देशभरबाट १ हजार ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउनुको अलावा वितेको २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

साथै कुल संक्रमित मध्ये देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै ७५८ जनाको आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानकारी दिएको छ।