शुक्रबार, चैत्र १६, २०८०

थप ३ हजार २ सय १८ जनामा कोभिड संक्रमण, थप १९ को मृत्यु

काठमाडौं, साउन २३ ,
पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएके स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पुष्टिभएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको जनाएको  छ। साथै यसवीचमा थप १ हजार ७ सय २२ संक्रमित निको भएको र योसंगै कोभिडलाइ जित्दै डिस्चार्ज हनेको सख्या ६ लाख ६७ हजार २ सय ७० जना पुगेको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयका अनुसार संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको र वितेको २४ ​घण्टामा पुष्टि भएको कोभिड मृतकसंगै आलसम्म नेपालमा १० हजार ३८ जना पुगेको जानकारी दिएको छ।