शुक्रबार, चैत्र १६, २०८०

तपाईंको मास्क खोई ?’ कार्यक्रम: ६५ हजार ८ सय ६९ जनालाई  नि:शुल्क मास्क

काठमाडौं साउन २८,
नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालित ‘तपाईंको मास्क खोई ? ’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि जारी नयाँ भेरियन्ट सहितको कोभिड९१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी प्रस्तुत कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ७ लाख ४ हजार ३ सय ७६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको जनाउदै प्रहरीले तपाईंको मास्क खै ? ’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

त्यस्तै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ५७ जनालाई २५ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको जानकार िदिदै्र निषेधाज्ञाको कार्यान्वयन र मास्क अभियानका लागि देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २ सय ९९ वटा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।