बिहिबार, बैशाख १३, २०८१

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ९ लाख भन्दा बढि नि:शुल्क मास्क वितरण

काठमाडौं भाद्र ६,

नेपाल प्रहरीले कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘ शुरु गरेको तपाईंको मास्क खै ? ’ अभियान अन्र्तगत पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ९१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको जनाएको छ ।

त्यस्तै प्रहरीले गत वैशाख ६ गतेदेखि सञ्चालनमा आएको प्रस्तुत अभियानमार्फत हालसम्म जम्मा ९ लाख ४५ हजार ९ सय ४० जनालाई निस्शुल्क मास्क वितरण गरिएको जनाउदै यसवीचमा कोभिड९१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ६० जनालाई ४६ हजार रुपैयाँ जरिवाना सहितको कारवाही गरिएको समेत जाकारी दिएको छ।