शुक्रबार, बैशाख १४, २०८१

चालू सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं साउन ३२ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसंगै बनेको प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेसंगै उहाँले मपको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिनभयो ।