बुधबार, बैशाख १२, २०८१

चालू आर्थिक वर्षको मौद्रिक नीति आज अपरान्ह सार्वजनिक हुँदै

काठमाडौं साउन २९ ,
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज अपरान्ह सार्वजनिक गर्ने भएको छ । यसअघि प्रत्यके वर्ष साउनको पहिलो साता सार्वजनिक हुने गरेको मौद्रिक नीति यसपटक मुलुकको पछिल्लो परिवर्तित राजनैतीक घटनाक्रमका कारण साउन महिनाको अन्तमा प्रस्तुत हुन लागेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेसंगै मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकस्रोतका अनुसार विगतको आवमा जस्तै यस आवमा पनि कोभिड प्रभावित उद्योग, व्यवसायको प्रवर्धनका लागि स्पष्ट खाका सहितको पेरिफेरीमा रहेर नीति तय भएको जनाएको छ।