शुक्रबार, बैशाख ७, २०८१

चालू अधिवेशन हठात् अन्त्य गरी सरकारले ल्याएको अध्यादेशको सर्वत्र आलोचना

काठमाडौं भाद्र २ ,
नेपाली काँग्रेसका सासंद तथा केन्द्रीय सदस्य गगन थापाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था सहितको ल्याउँन खोजेको राजनीतिक दलसम्बन्धी अध्यादेशको तिव्र आलोचना गरेका छन । नेता थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु हिजो पनि गलत थियो आज पनि गलत छ । साथै ययस्तो नियोजित स्वार्थ सहितको हर्कत जसले गरेपनि गलत रहेको बताउनुभएकोछ ।

नेता थापाले आफ्नो समाजीक सञ्जाल मार्फत हिजो यस्तै किसिमको अध्यादेश ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन भन्दै आज यस्तै प्रकृतिको अध्यादेशको समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने जिकिर गर्नुभएो छ।

साथै जसरी हिजोका दिनमा संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुर्पे जिकिर गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु