बुधबार, बैशाख ५, २०८१

गठबन्धन सरकार सञ्चालनका लागि तयार पारिएको साझा कार्यक्रम सहितको कार्यविधि आज अपराह्न सार्वजनिक गरिने

काठमाडौ साउन २४,
नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि गठित गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेतृत्व , कार्यदलका संयोजक सहितको बैठकले न्यूनतम साझा कार्यक्रम र कार्यविधिलाई अन्तिम रुप दिएको हो ।

प्राप्त जानकारी अनुसार उक्त कार्य विधि आज अपराह्न सार्वजनिक गर्ने तयारी रहेको बालुवाटारस्रोतले जनाएके छ। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त कार्य विधिमामुलत गठबन्धन नेतृत्वको मुलभुत सहितको कामकारवाहीलइ प्राथमिकरण गरिएको छ ।
प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महामारी र यसको नियन्त्रण राष्ट्रियहितका मुल सूचक सङ्घीयताको कार्यान्वयन सहित लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रमलाइ समावेस गरिएको छ ।

साथै सयुक्त सरकारमा सहभागी दलीय गठबन्धनलाइ थप सवलीकरणगर्ने तौर तरिका सहित मन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता समेतलाइ प्राथमकिरकण गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु