बिहिबार, चैत्र १५, २०८०

कोभिड नियन्त्रणका लागि शनिबारदेखि साताव्यापी मास्क अभियान सञ्चालन गरिने

चिउँडोमुनि मास्क लगाउने, वोल्दा मास्क खोल्ने र मइले खोप लगाइसेको छु मास्क आवश्यक छैन भन्ने सोच आफैमा घातक

काठमाडौं साउन २२ ,
‘कोभिड महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारा सहित शनिबारदेखि साताव्यापी मास्क अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले मास्क लगाउने कार्यलाई व्यवहारमा उतारी मानिसको जीवनशैलीलाई परिवर्तन गर्न मास्क अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । त्यस्तै उहाँले मास्क अभियानसंगै कोभिड भाइरसबाट बच्न  महत्वपूर्ण पक्षभएको बताउदै हामीले जनस्वास्थ्यमा मापदण्ड पालना नगरेकै कारण पछिल्लो समय सङ्क्रमण रफ्तार बढेको बताउनुभयो ।

कोभिड नियन्त्रणमा खोप जति महत्वपूर्ण छ त्यहि अनुपातमा मास्क, सेनिटाइजर तथा जनस्वास्थ्य मापदण्ड परिपालनाको भूमिका पनि महत्वपूर्ण रहेको बताउनदै प्रस्तुत अभियानले ‘म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश प्रवाह गर्नु मन्त्रालयको लक्ष्य रहेको जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय चिउँडोमुनि मास्क लगाउने,  वोल्दा मास्क खोल्ने र मइले खोप लगाइसेको छु मास्क आवश्यक छैन भन्ने सोच आफैमा घातक रहेको समेत बताए ।