शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यकामा मात्र कोभिड संक्रमणका कारण ३ हजार ११८को मृत्यु

काठमाडौं भाद्र १०,
स्वास्थ्य मन्त्रालयले वितेको २४ घण्टामा पहिचान भएका २ हजार ४३३ जना संक्रमित मध्ये काठमाडौ उपत्यकाका ७३३ जना सङ्क्रमित रहको जनाएको छ।

मन्त्रालयका अनुसार यसमध्ये काठमाडौका ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जना रहेको जनाउदै संक्रिय संक्रमितको हकमा काठमाडौमा ६ हजार ५८७, ललितपुरमा २ हजार २२० र भक्तपुरमा १ हजार ४७८ गरि १० हजार २८५ जना रहेको जनाएको छ ।

यस्तै उपत्काका ३ जिल्लामा कोभिड संक्रमण मृत्यु भएका संक्रमित मध्ये काठमाडौमा २ हजार ७४ जना, ललितपुरमा ६३६ र भक्तपुरमा ४०८ रहेको समेत जानकारी दिएको छ।