बिहिबार, बैशाख ६, २०८१

औषधि उत्पादक संघ [एपोनको] अध्यक्षमा पाण्डे, महासचिवमा अधिकारी सर्वसम्मत

काठमाडौं साउन २९ ,
नेपाल औषधि उत्पादक संघ [एपोन]को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार सम्पन् अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।

त्यस्तै  पछिल्लो समय बढ्दो कोभिड कहरका कारण नेपाली औषधि उद्योगीहरुको भेला सहितको अधिवेशनले  वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ भने कार्य समिति सदस्यहरुमा क्रमस सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका एपोनले जनाएको छ।

२ वर्षको कार्यकालल रहेको एपोन कार्य समितिमा यसअघि टाइम फर्मास्युटिकलका नारायणबहादुर क्षेत्री र लोमस फर्मास्युटिकल्सका प्रज्वलराज पाण्डेवीच भएको निर्वाचन सहितको प्रतिस्प्रर्धामा क्षेत्रीको नेतृत्वमा सङ्घको नयाँ कार्यसमिति चयन भएको थियो ।

औषधि उत्पादक संघ एपोनका सर्वसम्म निर्वाचित नयाँ कार्य समितिका सम्पूर्ण टिमलाइ यस https://www.kantipurhotline.com/को तर्फबाट सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु