बिहिबार, चैत्र १५, २०८०

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा चौलागाई पक्राउ

काठमाडौं साउन २१,
काठमाडौं महानगरपालिका वडा न ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाउदै यस सम्बन्धमा थप अनुसन्धान भयरहेको प्रहरीले जनाएको  छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु