शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थपियो ६८९ जना संक्रमित

काठमाडौ भाद्र ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको २४ घण्टामा पुष्टि भएको २ हजार ५२५ जना कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकाका ६८९ जना संक्रमित रहेको जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जना रहेको जनाउनुको अलावा काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, ललितपुरमा दुई हजार २५९ जना र भक्तपुरमा १ हजार ४१६ रहेको जानकारी दिएको छ ।