शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थपियो ५६४ जना कोभिड संक्रमित

काठमाडौँ भाद्र १५ ,
आज पहिचान भएका १ हजार ६६४ कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा ५६४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ४१३, ललितपुरका ८७ र भक्तपुरमा ६४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा ९हजार ४८ जना मा सक्रिय संक्रमण रहेको जनाउदै यसमध्ये काठमाडौंमा ५ हजार ४९१, ललितपुरमा २ हजार १९६ र भक्तपुरमा १ हजार ३५१ जना रहेको जनाएको छ । साथै संक्रमणका कारण काठमाडौंमा २ हजार ९०, ललितपुरमा ६४१ र भक्तपुरमा ४१६ जनाको मृत्यु भएको जनाएको छ ।